आँखा छोपी नरोऊ भनि भन्नु पर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ
आँखा छोपी नरोऊ भनि भन्नु पर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ
भोलि उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होइन केही थाहा छैन
भोलि उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होइन केही थाहा छैन
वाचा छिट्टै आउँछु भनि गर्नु पर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ
छातीभरि गाउँ बेँसी पखेरीको छायाँ
आँखाभरि मेलापात मायालुको माया
छातीभरि गाउँ बेँसी पखेरीको छायाँ
आँखाभरि मेलापात मायालुको माया
आफैलाई छोडी कतै जानु पर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ
भन्ने कुरा कति थियो छातीभित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो
भन्ने कुरा कति थियो छातीभित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो
कुल्चिएर आफैलाई हिँड्नु पर्या छ
मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ
आँखा छोपी नरोऊ भनि भन्नु पर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ
हाँस्नु पर्या छ, हाँस्नु पर्या छ, हाँस्नु पर्या छ
शब्दः काली प्रसाद रिजाल
संगीत/स्वरः नारायण गोपाल