आँखामा केही आश थियो…………

आँखामा केही आश थियो
मुटुमा केही सास थियो
सायद तिमीले पर्खनुमा
पर्खाईको कुनै राज थियो
आँखामा केही आश थियो

सपना पछि सपना देख्ने निरन्तर यही काम रह्यो
सपना पछि सपना देख्ने निरन्तर यही काम रह्यो
मैले माया लाएँ कि लाइनँ मनमा सधै भ्रम भयो
शिशिरपछि आउने वसन्तकै
बहारमा कुनै रहस्य थियो
सायद तिमीले पर्खनुमा
पर्खाईको कुनै राज थियो
आँखामा केही आश थियो

पिउँदा पिउँदै बेहोश हुने जीवनको एउटा हार भो
पिउँदा पिउँदै बेहोश हुने जीवनको एउटा हार भो
रहरपछि विश्वास तोडिने सृष्टिको यही भुल भो
कहिले हाँस्ने कहिले रुने
बादलमा कुनै रहस्य थियो
सायद तिमीले पर्खनुमा
पर्खाईको कुनै राज थियो
आँखामा केही आश थियो

शब्दः धनेन्द्र बिमल
संगीतः शिला बहादुर मोक्तान
स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!