यो हिर्दय त त्यहीँ नै छ
त्यो ढुक्ढुकीलाई के भयो
त्यही फूलहरू फेरि फुले
यी आँखाहरूलाई के भयो
यो हिर्दय त त्यहीँ नै छ
त्यो ढुक्ढुकीलाई के भयो
विरानीले नै किन मेरै घरलाई सुहाएको
उदास उदासपनले नै मेरै मुहारलाई खुलेको
त्यही अधर, त्यही आँखा
त्यो हाँस्ने रहरलाई नै के भो
यो मनको भुल त्यहीँ नै छ
त्यो सान्त्वनालाई के भयो
दोहोरिने भुलहरू उस्तै छ
सुधार्ने प्रेरणालाई के भो
यो हिर्दय त त्यही नै छ
त्यो ढुक्ढुकीलाई के भयो
खुशी मेरो घरमा आउँदा मैले ढोका थुनिदिएँ
जीवन सजाउन फूल हैन काँडाहरू रोजिलिएँ
जिउनलाई फेरि भर त्यही
यो निभाउने कर्तव्यलाई नै के भो
म फूल बनी फेरि खुलेँ
चराउने आँखालाई के भो
त्यही छ ऐनामा मेरो छायाँ
मलाई चिन्नेहरूलाई के भो
यो हिर्दय त त्यहीँ नै छ
त्यो ढुक्ढुकीलाई के भयो
शब्द/संगीतः शरण प्रधान
स्वरः अरूणा लामा