जिन्दगी यो दोभानको तीरैतिर बग्छ
मेरो इच्छा बाँचेसम्म पीरै पीरले लग्छ
जिन्दगी यो दोभानको तीरैतिर बग्छ
मेरो इच्छा बाँचेसम्म पीरै पीरले लग्छ
जिन्दगी यो दोभानको तीरैतिर बग्छ
दिल दुख्छ भरेका घाउ देखिँदैन
जीवनमा मेरो कथा बुझ्ने कोही छैन
निरन्तर दन्किरह्यो ज्वाला वेदनाको
धेरै चोट परिरह्यो शून्य चेतनाको
जिन्दगी यो दोभानको तीरैतिर बग्छ
गति चल्छ जति बाजि विरह नै जाग्ने
उति बाजि छिया पार्छ मुटु खिया लाग्ने
सुसाउँछ दर्द सधैँ देख्दा लागुतिर
सहनुछ अनगिन्ती मनमा यिनै पीर
जिन्दगी यो दोभानको तीरैतिर बग्छ
मेरो इच्छा बाँचेसम्म पीरै पीरले लग्छ
शब्दः भैरवनाथ रिमाल
सङ्गीतः शुभ बहादुर
स्वरः विष्णु श्रेष्ठ