उपेक्षाको लहरमा जीवन फालेर
आकांक्षाका मनोभावमा जीवन अर्पेर
उपेक्षाको लहरमा जीवन फालेर
आकांक्षाका मनोभावमा जीवन अर्पेर
तिमीलाई सांसारिक दुःख दिन चाहन्न
तिमीलाई सांसारिक दुःख दिन चाहन्न
बरू सके आफै आफ्नोपन हटाई दिने छु
हटाई दिने छु
संसारलाई रंगमञ्च सम्झेर
आफूलाई यसको कलाकार ठानेर
संसारलाई रंगमञ्च सम्झेर
आफूलाई यसको कलाकार ठानेर
सबै दुःखलाई सुखै सम्झेर
सबै दुःखलाई सुखै सम्झेर
आज सबै विकृतिलाई बिदा दिन्छु
बिदा दिन्छु, बिदा दिन्छु
हुन सक्छ मेरा यी मनोभावहरू
मेरा यी सबै भावहरूलाई
हुन सक्छ मेरा यी मनोभावहरू
मेरा यी सबै भावहरूलाई
तिमीभित्रै अनि फेरि मभित्रै
तिमीभित्रै अनि फेरि मभित्रै
सधै सधैको निम्ति बिलाई दिन्छु
बिलाई दिन्छु, बिलाई दिन्छु
उपेक्षाको लहरमा जीवन फालेर
आकांक्षाका मनोभावमा जीवन अर्पेर
जीवन अर्पेर, जीवन अर्पेर
शब्दः सोहनी शाह
संगीतः शम्भुजीत बास्कोटा
स्वरः दिपक खरेल