उडी जाऊँ भने, म पन्छी होइन
बस्नु ए लै मन छैन
उडी जाऊँ भने, म पन्छी होइन
बस्नु ए लै मन छैन
खसमको मोहनी लागेर हो कि
होश मेरो ए लै यहाँ छैन
फूलैफूलबीच पनि मन मेरो फुल्दैँन
फूलैफूलबीच पनि मन मेरो फुल्दैँन
लाखौ तारा के गर्नु मैले, त्यहाँ मेरो जून छैन
विरहको आगो निभाउन खोज्छु
आँशुले ए लै निभ्दैन
खोलाको पानी सिन्दुरे तिर्खा,
मेटाउन ए लै सकिदैन
पिरतीको सियो छैन, चित्त फाट्दाँ सिऊँ भने
पिरतीको सियो छैन, चित्त फाट्दाँ सिऊँ भने
चोट पनि मीठो लाग्छ, मायालुले दियो भने
टाढा छ खसम यो गीत मेरो,
सुन्छ कि ए लै सुन्दैन
बन्दकी मुटु उकास्न फेरि
आउँछ कि ए लै आउँदैन
उडी जाऊँ भने, म पन्छी होइन
बस्नु ए लै ……
शब्दः मान बहादुर मुखियाँ
संगीतः शान्ति ठटाल
स्वरः अरूणा लामा