ऊ त गयो माया मारेर…….

ऊ त गयो माया मारेर
ऊ त गयो माया मारेर
मेरो मनमा व्यथा सारेर
होऽऽ मेरो मनमा व्यथा सारेर
ऊ त गयो गयो गयो
ऊ त गयो गयो गयो माया मारेर

सिकाउँथ्यो माया गर्ने नयाँ नयाँ ढाँचा
कति कति हालेको थ्यो निर्मोहीले बाचा
सिकाउँथ्यो माया गर्ने नयाँ नयाँ ढाँचा
कति कति हालेको थ्यो निर्मोहीले बाचा
लग्यो सबै पोको पारेर
लग्यो सबै पोको पारेर
ऊ त गयो माया मारेर
ऊ त गयो गयो गयो
ऊ त गयो गयो गयो माया मारेर

छट्पटी छ दिनरात चैन कति छैन
उसको बाटो हेरी हेरी दुख्न लागे नैना
छट्पटी छ दिनरात चैन कति छैन
उसको बाटो हेरी हेरी दुख्न लागे नैना
हेर यस्तो बिजोग पारेर
हेर यस्तो बिजोग पारेर
ऊ त गयो माया मारेर
ऊ त गयो गयो गयो
ऊ त गयो गयो गयो माया मारेर

जतनले कोरेकी थेँ उसको रूप चित्र
अहिले त्यही हेर्दैछु म आफ्नै मुटुभित्र
जतनले कोरेकी थेँ उसको रूप चित्र
अहिले त्यही हेर्दैछु म आफ्नै मुटुभित्र
सम्झनाको दियो बालेर
सम्झनाको दियो बालेर
ऊ त गयो माया मारेर
ऊ त गयो माया मारेर
मेरो मनमा व्यथा सारेर
होऽऽ मेरो मनमा व्यथा सारेर
ऊ त गयो गयो गयो
ऊ त गयो गयो गयो माया मारेर

शब्दः पुरूषोत्तम भट्टराई
संगीतः भुपेन्द्र रायमाझी
स्वरः लोचन भट्टराई

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!