तिमी भन्छौ भने म तिम्रै हुँ
यो छातीभित्र तिमी नै छौ
चाहे राख मलाई या फ्याँक मलाई
म त तिम्रै हुँ, म त तिम्रै हुँ
म त तिम्रै हुँ, म त तिम्रै हुँ
म त तिम्रै हुँ, म त तिम्रै हुँ
ओल्टो कोल्टो फेर्छु, सिरानी भिजाउँछु
हावासँगसँगै बहकिरहन्छु
ओल्टो कोल्टो फेर्छु, सिरानी भिजाउँछु
हावासँगसँगै बहकिरहन्छु
खाली खाली हुन्छ सपनीमै
एक्लै एक्लै टोलाई रहन्छु
यो के भो
यो के भो
यो के भो मलाई
तिमी भन्छौ भने
तिमीलाई नै सम्झी मुस्कुराउँछु
हाँस्दा हाँस्दै रुन्छु रुदाँरुदैँ हाँस्छु
तिमीलाई नै सम्झी मुस्कुराउँछु
हाँस्दा हाँस्दै रुन्छु रुदाँरुदैँ हाँस्छु
मनभरि हुन्छ अँन्धकार छाउँछ
अचानक फेरि चन्चल भईदिन्छ
यो के भो
यो के भो
यो के भो मलाई
तिमी भन्छौ भने म तिम्रै हुँ
यो छातीभित्र तिमी नै छौ
चाहे राख मलाई या फ्याँक मलाई
म त तिम्रै हुँ, म त तिम्रै हुँ
म त तिम्रै हुँ, म त तिम्रै हुँ
म त तिम्रै हुँ, म त तिम्रै हुँ
शब्द/संगीत/स्वरः टीका प्रसाई