तारा बुट्टे जुनेली यो रातमा
धड्किएको हृदय लिई साथमा
चाँदनीको गोरेटोमा लम्कदै
देऊ प्रिय हात मेरो हातमा
तारा बुट्टे जुनेली यो रातमा
हेर्छ जून हामीलाई ए गगन
कल्पनामा हराएर भई मगन
हेर्छ जून हामीलाई ए गगन
कल्पनामा हराएर भई मगन
आपसको स्वर गीत यो मिलन
हेर्छ अडि निश्चल भई पवन
तारा बुट्टे जुनेली यो रातमा
सपनाको लहरमा पौडदै
हाँसी मिसी लहरमा दौडदै
सपनाको लहरमा पौडदै
हाँसी मिसी लहरमा दौडदै
छाती थामी यौवनको हर घडी
पर्खेको छ हामीलाई पल सधैँ
तारा बुट्टे जुनेली यो रातमा
दुई दिलको कम्पनमा तर्कना
लुक्छ एकै अकासेर तिर्सना
दुई दिलको कम्पनमा तर्कना
लुक्छ एकै अकासेर तिर्सना
आपसको सम्वृद्धि सम्वेदना
हर जुनी जुनी गरी सिर्जना
तारा बुट्टे जुनेली यो रातमा
धड्किएको हृदय नि साथमा
चाँदनीको गोरेटोमा लम्कदै
देऊ प्रिय हात मेरो हातमा
तारा बुट्टे जुनेली यो रातमा
शब्दः नीर विक्रम प्यासी
संगीतः रत्न दास प्रकाश
स्वरः रचना जि.सि.