सुनसान प्रकृतिको…….

सुनसान प्रकृतिको काखमा
जब तिम्रो साथमा एक्लै बसेकी हुन्छु
त्यसबेला त्यो अलौकिक शून्यभित्र हराए
तिमी, म र प्रकृतिबीच एउटा धुन सुन्छु
जिन्दगीको सबैभन्दा सुरिलो संगीत बनी
त्यो एकनास मीठो मधुरो भई गुञ्जिरहन्छ
सुनसान प्रकृतिको काखमा
जब तिम्रो साथमा एक्लै बसेकी हुन्छु

तिम्रा आँखाले जब बोलिदिन्छन् मुटुको पिँधभरिका भावहरू
तिम्रा आँखाले जब बोलिदिन्छन् मुटुको पिँधभरिका भावहरू
त्यसैबेला मेरो समस्त संसार सांग्रिएर
तिम्रो एउटै नानीमा गएर अटाई दिन्छ
त्यहाँ जताततै म आफैलाई देखिदिन्छु
तिम्रा आँखामा, तिमीमा, अनि तिमी वरिपरि
सुनसान प्रकृतिको काखमा
जब तिम्रो साथमा एक्लै बसेकी हुन्छु

मेरो छायाँको सिरानीमा तिमीले निदाए झैँ गरी आँखा चिम्लीदिदा
मेरो छायाँको सिरानीमा तिम्ले निदाए झैँ गरी आँखा चिम्लीदिदा
मेरा सुख दुःख, आँशु हाँसो त्यहीँ बिर्सी दिन्छु
त्यो मुहारभरि शान्तिको आभाष झल्किएको देख्छु
जीवन बित्यो अनि सृष्टिको परिधि पारि हेर्दा
तिमीमै म आफूलाई निभी सकेको पाउँछु
सुनसान प्रकृतिको काखमा
जब तिम्रो साथमा एक्लै बसेकी हुन्छु
त्यसबेला त्यो अलौकिक शून्यभित्र हराए
तिमी, म र प्रकृतिबीच एउटा धुन सुन्छु
जिन्दगीको सबैभन्दा सुरिलो संगीत बनी
त्यो एकनास मीठो मधुरो भई गुञ्जिरहन्छ
सुनसान प्रकृतिको काखमा
जब तिम्रो साथमा एक्लै बसेकी हुन्छु

शब्दः चाँदनी शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!