सुनकोशीको सुनको पानी परदेशीले पिउँदा
बगर भो मेरो जीवन आशै आशमा जिउँदा लहै
बगर भो मेरो जीवन आशै आशमा जिउँदा
जँघार तरी जानेसित मनको कुरा खोल्दा
रोइ बस्नु पर्यो मैले दया गरी बोल्दा
जँघार तरी जानेसित मनको कुरा खोल्दा
रोइ बस्नु पर्यो मैले दया गरी बोल्दा लहै
किन फिर्क्यो निष्ठुरी त्यो बगेपछि पानी
किनार छुन नपाएर दुख्यो जिन्दगानी लहै
किनार छुन नपाएर दुख्यो जिन्दगानी
भँगालोमा फाल हालुँ घडेरी छ दोभान
पहिरो भई भीर तानुँ बैशाखै छ यो मन
भँगालोमा फाल हालुँ घडेरी छ दोभान
पहिरो भई भीर तानुँ बैशाखै छ यो मन लहै
किन फिर्क्यो क्षितिज पारि पोखिएछ पानी
साउन भदौ हराएर दुख्यो जिन्दगानी लहै
साउन भदौ हराएर दुख्यो जिन्दगानी
शब्दः
संगीतः
स्वरः लासिमीत राई