शिखर भने कहाँ अझै कति टाढा
अहिलेसम्म जाँदै छु म एक्लै डाँडा डाँडा
शिखर भने कहाँ
म त यस्तो हैन दाइ, मेरो करम यस्तो
म त यस्तो हैन दाइ, मेरो करम यस्तो
भ्याए जति गर्दै जाने आफ्नो धरम यस्तो
भ्याए जति गर्दै जाने आफ्नो धरम यस्तो
सहदै जानु पर्ला दाइ आउँला दिन जस्तो जस्तो
शिखर भने कहाँ
मैले जति पाइला हिँडेँ, सबै मेट्दै आएँ
मैले जति पाइला हिँडेँ, सबै मेट्दै आएँ
पाएँ जति खुशी व्यथा सब समेट्दै आएँ
पाएँ जति खुशी व्यथा सब समेट्दै आएँ
यही भाका गलाभरि मैले रेट्दै रेट्दै आएँ
शिखर भने कहाँ
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल