सधैँ जस्तो फेरि मेरो साँझ आयो
जीवन छट्पट्टी मेरो माझ आयो
सधैँ जस्तो फेरि…..
केही चोट खानु अनि सुम्सुमाउनु
फेरि उठ्न खोज्नु फेरि चोट खानु
रहेन अब बाँकी मैले केही गर्ने
हर सास जीवनको त्यो पाना च्यात्नु
सधैँ जस्तो फेरि…..
भरि छु म साथी भरि छु भरि छु
केवल बग्न नपाइृ पोखरी सरि छु
मैले भोग्ने जीवन मेरो लागि ऋण भो
त्यही ऋण उठाउन मेरो साँझ आयो
सधैँ जस्तो फेरि मेरो साँझ आयो
जीवन छट्पट्टी मेरो माझ आयो
सधैँ जस्तो फेरि…..
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः अरूणा लामा