पीरको हुरी बतासले जब हुन्छ मन हतास हतास
आफैलाई चिर्दा पाएँ सुख र दुःख पचास पचास
पीरको हुरी बतासले
सुखको प्वाँख लिई उडेँ, कहिले हुरीसँगै खसेँ
सुखको प्वाँख लिई उडेँ, कहिले हुरीसँगै खसेँ
काँडा भई मनमा पसेँ, फूल भई शिरमा बसेँ
रात दिनको पाहुनासरि जब हुन्छ मन उदास उदास
आफैलाई चिर्दा पाएँ सुख र दुःख पचास पचास
पीरको हुरी बतासले
म मन्दिरमा पनि फुलेँ, हिलोसँगै पनि मिलेँ
म मन्दिरमा पनि फुलेँ, हिलोसँगै पनि मिलेँ
मीठो त के छाड्दथेँ म तीतो समेत पनि निलेँ
पतझरको पिपलसरि जब हुन्छ मन निराश निराश
आफैलाई चिर्दा पाएँ सुख र दुःख पचास पचास
पीरको हुरी बतासले जब हुन्छ मन हतास हतास
आफैलाई चिर्दा पाएँ सुख र दुःख पचास पचास
पीरको हुरी बतासले
शब्दः राजेन्द्र थापा
संगीतः नातिकाजी
स्वरः प्रेमध्वज प्रधान