नेपाली गौरव गर्छौं आफ्नैपनमा घमण्डी चाइँ होइनौँ है
सबैको साथी बन्ने बानी हाम्रो पछ्यौटे त हैनौँ है
नेपाली
आज पनि छ धामी झाँक्री हाम्रै नेपाली
तर मरेको छैन ठुला ठुला वैद्य हाम्रै नेपाली
आज पनि छ धामी झाँक्री हाम्रै नेपाली
तर मरेको छैन ठुला ठुला वैद्य हाम्रै नेपाली
निधारमा नाम्लो अड्याई जीवन काट्ने नेपाली
निधारमै विद्या अटाइ विद्वान् छ नेपाली
छातीमा मायाप्रीति पनि राख्न सक्ने हाम्रो नेपाली
छातीमै गोली पनि सहिदिन सक्ने हाम्रो नेपाली
नेपाली
रावणझै राक्षस बन्न सक्छ हाम्रो नेपाली
तर आदर्श रामको भुलिजाने होइन हाम्रो नेपाली
रावणझै राक्षस बन्न सक्छ हाम्रो नेपाली
तर आदर्श रामको भुलिजाने होइन हाम्रो नेपाली
माया गर्नेको हामी मायालु हौ नेपाली
वैरी भएमा विशालु पनि छ नेपाली
काँधमा मादल भिरी लैबरीमा नाँच्छन् हाम्रो नेपाली
काँधैमा बन्दुक भिरी लड्न पनि सक्छ हाम्रो नेपाली
नेपाली……
शब्द/सङ्गीतः शरण प्रधान
स्वरः अरूणा लामा