मुटु दुखिरन्छ व्यथा बल्झिदिँदा
निर्झरी बन्छ कथा सम्झिदिँदा
मुटु दुखिरन्छ
कति नमीठो हुँदो रहेछ आफ्नो हुँदाको विरानोपन
कति नमीठो हुँदो रहेछ आफ्नो हुँदाको विरानोपन
कति अनौठो लाग्दो रहेछ
कति अनौठो लाग्दो रहेछ भीडबीचको एक्लोपन
मुटु दुखिरन्छ व्यथा बल्झिदिँदा
निर्झरी बन्छ कथा सम्झिदिँदा
मुटु दुखिरन्छ
वनमा हुरी चल्छ जान्छ मनको कहिले जाने हो
वनमा हुरी चल्छ जान्छ मनको कहिले जाने हो
कहिले त आउँला खुशी मनको
कहिले त आउँला खुशी मनको पीडा कहिले जाने हो
मुटु दुखिरन्छ व्यथा बल्झिदिँदा
निर्झरी बन्छ कथा सम्झिदिँदा
मुटु दुखिरन्छ
शब्दः वीणा महत
सङ्गीत: दिपक जंगम
स्वरः दिपक खरेल