मेरो भन्नु ओताउन छानो पनि छैन
पैंचो दिन अन्न छैन, मानो पनि छैन
कसो गरी काट्नु जुनी, कहाँ राख्नु मन
कसो गरी काट्नु जुनी, कहाँ राख्नु मन
किसान हुँ तर आफ्नो खेतबारी छैन
किसान हुँ तर आफ्नो खेतबारी छैन
कतिचोटी प्यास पनि पसिनाले मेटेको छु
कतिचोटी प्यास पनि पसिनाले मेटेको छु
हलो फाली छैन भने हातैले नै जोतेको छु
कहिले लाएँ नयाँ लुगा आफैलाई थाहा छैन
सलहको आँशुजस्तो जिन्दगानी भोगेको छु
मेरो भन्नु ओताउन छानो पनि छैन
पैंचो दिन अन्न छैन, मानो पनि छैन
खानुभन्दा ठूलो छैन मेरो लागि केही कुरा
खानुभन्दा ठूलो छैन मेरो लागि केही कुरा
जे छ आफ्नै पाखुरी छ, छैन कैँची छैन छुरा
बत्ती छैन, बाल्नु पर्छ राती पनि आफ्नै आँखा
बिक्छ अरे हाम्रो नाउँ योजनामा पूरा पूरा
मेरो भन्नु ओताउन छानो पनि छैन
पैंचो दिन अन्न छैन, मानो पनि छैन
कसो गरी काट्नु जुनी, कहाँ राख्नु मन
किसान हुँ तर आफ्नो खेतबारी छैन
किसान हुँ तर आफ्नो खेतबारी छैन
मेरो भन्नु ओताउन छानो पनि छैन
पैंचो दिन अन्न छैन, मानो पनि छैन
शब्दः दिनेश अधिकारी
संगीतः शक्ति बल्लभ
स्वरः दिपक जंगम