मेरो आँखामा भर दिन बादल छाईरह्यो
बिन्ती छ कसैले आँधी ल्याईदेऊ
मेरो छातीमा भर रात रातले टेकिरह्यो
बिन्ती छ कसैले उज्यालो ल्याईदेऊ
मेरो आँखामा
अन्धो छु म बाटो खोजी हिँड्छु
आऊ कोही मलाई बाटो देखाऊ
अन्धो छु म बाटो खोजी हिँड्छु
आऊ कोही मलाई बाटो देखाऊ
मेरो आँखामा भर दिन बादल छाईरह्यो
बिन्ती छ कसैले आँधी ल्याईदेऊ
मेरो छातीमा भर रात रातले टेकिरह्यो
बिन्ती छ कसैले उज्यालो ल्याईदेऊ
मेरो आँखामा
बहिरो छु म केही सुन्ने रहर छ
आऊ कोही मलाई सहारा देऊ
बहिरो छु म केही सुन्ने रहर छ
आऊ कोही मलाई सहारा देऊ
मेरो आँखामा भर दिन बादल छाईरह्यो
बिन्ती छ कसैले आँधी ल्याईदेऊ
मेरो छातीमा भर रात रातले टेकिरह्यो
बिन्ती छ कसैले उज्यालो ल्याईदेऊ
मेरो आँखामा
शब्दः शिव एस. थापा
संगीत/स्वरः दीप श्रेष्ठ