मेरा यी हातहरूमा………..

मेरा यी हातहरूमा तरवार र छुरा नहोस्
मेरा यी हातहरूमा तरवार र छुरा नहोस्
जसले जति घात गरे नि
जसले जति घात गरे नि
बदलाको कुरा नहोस्,
बदलाको कुरा नहोस्
मेरा यी हातहरूमा तरवार र छुरा नहोस्

हतियार भन्दा क्षमा त्यो ठूलो अस्त्र भन्छन् साथी
हो हतियार भन्दा क्षमा त्यो ठूलो अस्त्र भन्छन् साथी
लाजभन्दा सङ कुनै छैन वस्त्र भन्छन् साथी
छैन वस्त्र भन्छन् साथी
यो मनले पिउने कतै घमण्डको सुरा नहोस्
जसले जति घात गरे नि
जसले जति घात गरे नि
बदलाको कुरा नहोस्, बदलाको कुरा नहोस्

तेरो मेरो के गर्नु छ र मन भित्रभित्रै आगो बाली
तेरो मेरो के गर्नु छ र मन भित्रभित्रै आगो बाली
त्यही आगोमा प्रतिशोधको घरिघरि घ्यू हाली
घरिघरि घ्यू हाली
अरूलाई चोट दिने त्यो मेरो रहर पूरा नहोस्
जसले जति घात गरे नि
जसले जति घात गरे नि
बदलाको कुरा नहोस्, बदलाको कुरा नहोस्
मेरा यी हातहरूमा तरवार र छुरा नहोस्

शब्दः सुभाष चन्द्र ढुंगेल
संगीतः हरि लम्साल
स्वरः दिपक खरेल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!