मायालु मायालु मनकी मायालु
मायालु मायालु मनकी मायालु
तिमीबिना हुन्छ अधुरो जिन्दगानी
लाग्छ तिमीलाई जूनीभर नियालुँ
जूनमा कोरुँ कि तिम्रो मेरो कहानी
मायालु मायालु
बाँसुरीको मीठो धुनमा सजाऊँ कि
मेरो ढुकढुकीको सुरमा बसाऊँ कि
बाँसुरीको मीठो धुनमा सजाऊँ कि
मेरो ढुकढुकीको सुरमा बसाऊँ कि
तिमी नै तिमी छौ मेरो भावभित्र
मेरी मन परेकी कविता तिमी हौ
कविता तिमी हौ
मायालु मायालु
फूलमा छ रंग, रंगमा तिमी नै
मेरो ओठ आँखाभरि तिमी नै
फूलमा छ रंग, रंगमा तिमी नै
मेरो ओठ आँखाभरि तिमी नै
तिमीलाई उचालुँ हातले झुलाऊँ
मेरो जिन्दगीकै सपना तिमी हौ
सपना तिमी हौ
लाग्छ तिमीलाई जूनीभर नियालुँ
लाग्छ तिमीलाई जूनीभर नियालुँ
जूनमा कोरुँ कि तिम्रो मेरो कहानी
मायालु मायालु मनकी मायालु
तिमी बिना हुन्छ अधुरो जिन्दगानी
मायालु मायालु
शब्द/संगीतः दिपक जंगम
स्वरः दिपक खरेल