मन छाडेँ मैच्याङलाई ज्यान पनि छाडेँ त्यसलाई
अब त मलाई मन छैन गाउँ छोडेर जाने
के भयो च्याङ्बालाई? धेरै जाँड खाए जस्तो
आप्पाले सुने गाल पर्ला दोचाको छापजस्तो
मन छाडेँ मैच्याङलाई ज्यान पनि छाडेँ त्यसलाई
अब त मलाई मन छैन गाउँ छोडेर जाने
अरूमा केटा डराउँछ च्याङ्बा त डराउँदैन
आमा र बाबु भन्दैमा च्याङ्बा त भागेर जाँदैन
भो भो लौ लौ बित्थैमा जोरीमा खोज्नु पर्दैन
थाङ्ने कुरा सित्तैमा तानेर लानु पर्दैन
मन छाडेँ मैच्याङलाई ज्यान पनि छाडेँ त्यसलाई
अब त मलाई मन छैन गाउँ छोडेर जाने
के भयो च्याङ्बालाई? धेरै जाँड खाए जस्तो
आप्पाले सुने गाल पर्ला दोचाको छापजस्तो
सानोमा सानो चित्तले घरबार, जागिर हुँदैन
खल्तीमा खाली लिएर पत्यार मलाई लाग्दैन
बेँसीमा हुने घरबारी दिऊँला कागजमा लेखेर
आप्पा र आमालाई ढोग दिऊँला मोहर नेरू राखेर
के भयो च्याङ्बालाई? धेरै जाँड खाए जस्तो
आप्पाले सुने गाल पर्ला दोचाको छापजस्तो
मन छाडेँ मैच्याङलाई ज्यान पनि छाडेँ त्यसलाई
अब त मलाई मन छैन गाउँ छोडेर जाने
आप्पाले सुने गाल पर्ला दोचाको छापजस्तो
अब त मलाई मन छैन गाउँ छोडेर जाने
आप्पाले सुने गाल पर्ला दोचाको छापजस्तो
शब्द/संगीतः रञ्जीत गजमेर
स्वरः डैनि डेंजोंगप्पा र निर्मला गजमेर
चलचित्रः अन्याय