म त एउटै मुरलीले……….

म त एउटै मुरलीले वनै रन्काउँछु
म त एउटै मादलुले मनै घन्काउँछु
म त एउटै मुरलीले वनै रन्काउँछु
म त एउटै मादलुले मनै घन्काउँछु

पोल्टाभरि मूर्ति खोज्ने सागर मेरो छैन
थैलाभरि सुन गन्ने रहर मेरो छैन
पोल्टाभरि मूर्ति खोज्ने सागर मेरो छैन
थैलाभरि सुन गन्ने रहर मेरो छैन
दिनभरि बेसी डुल्छु रातभरि लेक
दिनभरि बेसी डुल्छु रातभरि लेक
आफ्नै पसिनामा डुब्छु छैन मलाई सौख
म त एउटै मुरलीले वनै रन्काउँछु
म त एउटै मादलुले मनै घन्काउँछु
म त एउटै मुरलीले वनै रन्काउँछु
म त एउटै मादलुले मनै घन्काउँछु

झरनालाई डोऱ्याउँदै शहर चम्काउँछु
ढुङ्गा फोडी माटो बनाई अन्न उब्जाउँछु
झरनालाई डोऱ्याउँदै शहर चम्काउँछु
ढुङ्गा फोडी माटो बनाई अन्न उब्जाउँछु
सिर्जनाले सधैँभरि हलो जोतौ भन्छ
सिर्जनाले सधैँभरि हलो जोतौ भन्छ
यही हलोमा मेरो आफ्नो नयाँ तस्वीर बन्छ
म त एउटै मुरलीले वनै रन्काउँछु
म त एउटै मादलुले मनै घन्काउँछु
म त एउटै मुरलीले वनै रन्काउँछु
म त एउटै मादलुले मनै घन्काउँछु

शब्दः दामोदर घिमिरे
सङ्गीतः नातिकाजी
स्वरः ओम गुरूङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!