म रातलाई उभाउँदै छु लोलाउँदै लोलाउँदै
निदरीहरू नआऊ मलाई बोलाउँदै बोलाउँदै
म रातलाई उभाउँदै छु लोलाउँदै लोलाउँदै
निदरीहरू नआऊ मलाई बोलाउँदै बोलाउँदै
चिहाउँदै आफ्ना नौ लाख नयन यी रातका ताराले
नुहाउँछे आज एउटी परी जूनका धाराले
उसलाई चुमी आएको हावा गम्कन्छ बास्ना भई
उसको जिउबाट तर्केको पानी चम्कन्छ मोती भई
म रातलाई उभाउँदै छु लोलाउँदै लोलाउँदै
निदरीहरू नआऊ मलाई बोलाउँदै बोलाउँदै
उसले कपाल फुकाई क्यारे बादल छरियो
ऊ एक्लै पनि लजाई क्यारे कुसुम निहुँरियो
उसलाई लाज लागेर हो कि लाल भो आकाश
उसले सास रोकेर हो कि अडेको बतास
म रातलाई उभाउँदै छु लोलाउँदै लोलाउँदै
निदरीहरू नआऊ मलाई बोलाउँदै बोलाउँदै
म रातलाई उभाउँदै छु लोलाउँदै लोलाउँदै
शब्दः
संगीतः
स्वरः माणिक रत्न