म रातलाई उभाउँदै………..

म रातलाई उभाउँदै छु लोलाउँदै लोलाउँदै
निदरीहरू नआऊ मलाई बोलाउँदै बोलाउँदै
म रातलाई उभाउँदै छु लोलाउँदै लोलाउँदै
निदरीहरू नआऊ मलाई बोलाउँदै बोलाउँदै

चिहाउँदै आफ्ना नौ लाख नयन यी रातका ताराले
नुहाउँछे आज एउटी परी जूनका धाराले
उसलाई चुमी आएको हावा गम्कन्छ बास्ना भई
उसको जिउबाट तर्केको पानी चम्कन्छ मोती भई
म रातलाई उभाउँदै छु लोलाउँदै लोलाउँदै
निदरीहरू नआऊ मलाई बोलाउँदै बोलाउँदै

उसले कपाल फुकाई क्यारे बादल छरियो
ऊ एक्लै पनि लजाई क्यारे कुसुम निहुँरियो
उसलाई लाज लागेर हो कि लाल भो आकाश
उसले सास रोकेर हो कि अडेको बतास
म रातलाई उभाउँदै छु लोलाउँदै लोलाउँदै
निदरीहरू नआऊ मलाई बोलाउँदै बोलाउँदै
म रातलाई उभाउँदै छु लोलाउँदै लोलाउँदै

शब्दः
संगीतः
स्वरः माणिक रत्न

 

 

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!