म मरे पनि मेरो देश बाँची राखोस्
हिमालको टाकुरामा, नेपालीको पाखुरामा
चन्द्र र सूर्य अङ्कित झन्डा
फरफर नाची राखोस्
म मरे पनि मेरो देश बाँची राखोस्
म मरे पनि मेरो देश बाँची राखोस्
लालीगुराँसको फूलमा मेरै रगतको रङ्ग
डाली डालीमा झुल्दछ मेरै मनको तरङ्ग
मेरो सारा अस्तित्व यही धर्तीमा मिलेको छ
कदापी मर्दैन चाहे कसैले मुटु नै चुडी लगोस्
म मरे पनि मेरो देश बाँची राखोस्
म मरे पनि मेरो देश बाँची राखोस्
मर्छु देशको निम्ति गर्दै मरी मरी काम
अर्पित गर्छु आफ्नो जीवन यो देशलाई तमाम
यही एउटा धोको छ, चाह अरू केही छैन
म मरे पनि यो मेरो प्यारो हिमाल हाँसी राखोस्
म मरे पनि मेरो देश बाँची राखोस्
म मरे पनि मेरो देश बाँची राखोस्
आफ्नो गीतहरूमा मैले कल्पना लाखौ पोखेँ
स्वदेशलाई माथि उचाल्ने सपना हजारौ देखेँ
फलोस् फुलोस् यो देश सधै यही नै मेरो कामना
म मरे पनि यो देशले मेरो सपना साँची राखोस्
म मरे पनि मेरो देश बाँची राखोस्
म मरे पनि मेरो देश बाँची राखोस्
शब्दः प्रेम प्रकाश मल्ल
संगीत/स्वरः शिवशंकर मानन्धर