म अम्बर हुँ तिमी धर्ती
लाखौ चाहे पनि हाम्रो मिलन कहिल्यै नहोला
म अम्बर हुँ तिमी धर्ती
देखिन्छ दूर क्षितिजमा हाम्रो मधुम संगम
देखिन्छ दूर क्षितिजमा हाम्रो मधुम संगम
आवेगले म झुक्दा तिमी उठेकी एकदम
तर न त छ त्यो क्षितिज न त त्यो मधुम संगम
म अम्बर हुँ तिमी धर्ती
युग युगको तृष्णा हाम्रो कहिले न तृप्त होला
युग युगको तृष्णा हाम्रो कहिले न तृप्त होला
युग युगकै गाथा हाम्रो धड्कन चिनिरहला
हाका पारेर पनि ज्वाला जलिरहला
म अम्बर हुँ तिमी धर्ती
लाखौ चाहे पनि हाम्रो मिलन कहिल्यै नहोला
शब्द/संगीत/स्वरः अम्बर गुरूङ