क्षितिजको अग्लाई नाप्छु भन्थें
कि तिम्रो उचाई पनि छुन सकिनँ
क्षितिजकोअग्लाई नाप्छु भन्थें
कि तिम्रो उचाई पनि छुन सकिनँ
सपना देख्थेँ ठूला ठूला
सपना देख्थेँ ठूला ठूला
तर म केही पनि हुन सकिनँ
क्षितिजकोअग्लाई नाप्छु भन्थें
कि तिम्रो उचाई पनि छुन सकिनँ
मेरा हातहरू आकाशको विस्तारलाई थाम्न खोज्थे
मेरा सपना जीवनको ढुक्ढुकी छाम्न खोज्थे
मेरा हातहरू आकाशको विस्तारलाई थाम्न खोज्थे
मेरा सपना जीवनको ढुक्ढुकी छाम्न खोज्थे
म त देशको शान बन्छु भन्थेँ
कि तिम्रो मान पनि पाउन सकिनँ
सपना देख्थेँ ठूला ठूला
सपना देख्थेँ ठूला ठूला
तर म केही पनि हुन सकिनँ
क्षितिजकोअग्लाई नाप्छु भन्थें
कि तिम्रो उचाई पनि छुन सकिनँ
मेरा पाउहरू हिमालका श्रृङ्खला नाग्न खोज्थे
मेरा पाखुरी अँगालोमा बाधाहरू बाँध्न खोज्थे
मेरा पाउहरू हिमालका श्रृङ्खला नाग्न खोज्थे
मेरा पाखुरी अँगालोमा बाधाहरू बाँध्न खोज्थे
म त सबको जीत हुन्छु भन्थेँ
कि तिम्रो गीत पनि बन्न सकिनँ
सपना देख्थेँ ठूला ठूला
सपना देख्थेँ ठूला ठूला
तर म केही पनि हुन सकिनँ
क्षितिजकोअग्लाई नाप्छु भन्थें
कि तिम्रो उचाई पनि छुन सकिनँ
शब्द: यादव खरेल
संगीत/स्वर: दीप श्रेष्ठ