को कसको हो…….

को कसको हो को कसको हो कसले चिन्न सक्छ र
सिन्दुर हो या धुलो हो जीवन कसले भन्न सक्छ र
को कसको हो को कसको हो कसले चिन्न सक्छ र
सिन्दुर हो या धुलो हो जीवन कसले भन्न सक्छ र

आँखा नै हो मीठो सपना देख्नु गल्ती हैन
आँखा नै हो मीठो सपना देख्नु गल्ती हैन
मुटु नै हो चोखो माया गर्नु गल्ती हैन
बितिसकेका कुराहरूलाई कसले साट्न सक्छ र
को कसको हो को कसको हो कसले चिन्न सक्छ र
सिन्दुर हो या धुलो हो जीवन कसले भन्न सक्छ र

देखिएको आफनो हैन लेखिएको नै हो
देखिएको आफनो हैन लेखिएको नै हो
खोजिएको आफनो हैन भेटिएको नै हो
बगिसकेको आँशुलाई कसले थाम्न सक्छ र
को कसको हो को कसको हो कसले चिन्न सक्छ र
सिन्दुर हो या धुलो हो जीवन कसले भन्न सक्छ र

शब्दः किरण खरेल
संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल
चलचित्रः सिन्दुर

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!