खुशी छु म आज तिमीभन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
खुशी छु म आज तिमीभन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ
कोसँग म हिँडुँ कोसँग रमाऊँ
हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ
कोसँग म हिँडुँ कोसँग रमाऊँ
तिमीलाई भेट्दा हरायो बिरानी
तिमीलाई भेट्दा हरायो बिरानी
तिमी हौ कि सायद मेरो पुग्ने ठाउँ
खुशी छु म आज तिमीभन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
जति छन् सीमाना सबलाई मेटुँ
म आँखा उघार्दा तिमीलाई देखुँ
जति छन् सीमाना सबलाई मेटुँ
म आँखा उघार्दा तिमीलाई देखुँ
तिमी अर्चना हौ मेरो जिन्दगीको
तिमी अर्चना हौ मेरो जिन्दगीको
म चाहन्छु प्रीति तिमीमै समेटुँ
खुशी छु म आज तिमीभन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
शब्दः दिनेश अधिकारी
संगीतः शक्ति बल्लभ
स्वरः विनोद राठोड
चलचित्रः पृथ्वी