खाँदै नखाको विषले जिउँदै मार्यो
बोल्दै नबोले नि बात लाग्यो
खाँदै नखाको विषले जिउँदै मार्यो
बोल्दै नबोले नि बात लाग्यो
मनको कुरा मनमै राख्दा
छातीभरि व्यथा बन्छ
यही व्यथा सडक माझमा
सस्तो कथा हाँसो बन्छ
खाँदै नखाको विषले जिउँदै मार्यो
आँशु खसाएर मायाको भिख माग्दा उल्टो पो दया पाएछु
सँगीलाई पीर बाँड्दा चितामा म जल्दा उल्टो पो ताली पाएछु
उल्टो पो ताली पाएछु
उल्टो पो ताली पाएछु
खाँदै नखाको विषले जिउँदै मार्यो
हाम्रो माया बदनामीको छिटा
आफै बाल्यौ इज्जतको चिता
हाम्रो माया बदनामीको छिटा
आफै बाल्यौ इज्जतको चिता
मनको कुरा मनमै राख्दा छातीभरि व्यथा बन्छ
यही व्यथा सडकमाझमा सस्तो कथा, हाँसो बन्छ
खाँदै नखाको विषले जिउँदै मार्यो
सँगीलाई पीर बाँड्दा, चितामा म जल्दा उल्टो पो ताली पाएछु
आँशु खसाएर मायाको भिख माग्दा उल्टो पो दया पाएछु
उल्टो पो दया पाएछु
उल्टो पो दया पाएछु
खाँदै नखाको विषले जिउँदै मार्यो
खाँदै नखाको विषले जिउँदै मार्यो
बोल्दै नबोले नि बात लाग्यो
खाँदै नखाको विषले जिउँदै मार्यो
बोल्दै नबोले नि बात लाग्यो
शब्दः राजीवमणि नेपाल
संगीत/स्वरः नविन के. भट्टराई