केही गरौँ नेपाली हो नेपालको लागि
केही गरौँ नेपाली हो नेपालको लागि
विकासपत्रमा सबै मिली बनौँ सहभागी
बनौँ सहभागी
केही गरौँ नेपाली हो नेपालको लागि
लालुपाते गुराँस फुल्छ पाखा पहरामा
अटुट बग्छ कञ्चन पानी छाँगा छहारामा
लालुपाते गुराँस फुल्छ पाखा पहरामा
अटुट बग्छ कञ्चन पानी छाँगा छहारामा
त्याग्नु पऱ्यो बिदाई रङ्ग दिन बिताउने बानी
सम्पन्न छ देश हाम्रो प्रकृतिको खानी
प्रकृतिको खानी
केही गरौँ नेपाली हो नेपालको लागि
बलिरहोस् हाम्रो मौलिक संस्कृतिको दीप
जोगाई राखौँ पूर्खाहरूको प्राचीन कला सीप
बलिरहोस् हाम्रो मौलिक संस्कृतिको दीप
जोगाई राखौँ पूर्खाहरूको प्राचीन कला सीप
स्वाधीनता छ प्यारो हाम्रो इतिहासमा साक्षी
गौरवमा बाँच्छौ सधैँ पौरखमा हाँसी
पौरखमा हाँसी
केही गरौँ नेपाली हो नेपालको लागि
केही गरौँ नेपाली हो नेपालको लागि
विकासपत्रमा सबै मिली बनौँ सहभागी
बनौँ सहभागी
केही गरौँ नेपाली हो नेपालको लागि
नेपालको लागि
नेपालको लागि
नेपालको लागि
शब्दः त्रिविक्रम पाण्डे
संगीतः विनय वर्मा
स्वरः बिनोद दाहाल, रीता आचार्य, धर्मराज बुढाथोकी, अनिता क्षेत्री