के लेखुँ म तिमीलाई, शब्द आफै बाधा भो
के लेखुँ म तिमीलाई, शब्द आफै बाधा भो
तिमीबिना जिन्दगी यो यसै पनि आधा भो
तिमीबिना जिन्दगी यो यसै पनि आधा भो
के लेखुँ म तिमीलाई, शब्द आफै बाधा भो
परेलीका भाकाहरू अक्षरमा उनिदैन
मुस्कानका अर्थ सबै कागजमा कोरिदैन
परेलीका भाकाहरू अक्षरमा उनिदैन
मुस्कानका अर्थ सबै कागजमा कोरिदैन
सबै आफ्नो वर्षातमा च्यातिएको छाता भो
तिमीबिना जिन्दगी यो यसै पनि आधा भो
तिमीबिना जिन्दगी यो यसै पनि आधा भो
बास्ना चल्थ्यो वरिपरि तिमी छेऊ हुँदाखेरि
मनमा चल्थ्यो मीठो रंग औँलाहरू छुँदा पनि
बास्ना चल्थ्यो वरिपरि तिमी छेऊ हुँदाखेरि
मनमा चल्थ्यो मीठो रंग औँलाहरू छुँदा पनि
सबै रहर मेरो लागि उधारोको खाता भो
तिमीबिना जिन्दगी यो यसै पनि आधा भो
तिमीबिना जिन्दगी यो यसै पनि आधा भो
के लेखुँ म तिमीलाई, शब्द आफै बाधा भो
के लेखुँ म तिमीलाई, शब्द आफै बाधा भो
तिमीबिना जिन्दगी यो यसै पनि आधा भो
तिमीबिना जिन्दगी यो यसै पनि आधा भो
के लेखुँ म तिमीलाई, शब्द आफै बाधा भो
शब्दः दिनेश अधिकारी
संगीतः न्ह्यु बज्रचार्य
स्वरः दिपक खरेल