कति राखुँ तिमीलाई यो आँखामा लुकाएर
कति राखुँ म आफैले यो आफ्नो मन फकाएर
कति राखुँ तिमीलाई
तिमी नै दुःख हौ मेरो, तिमी नै सुखको खानी
बढेको प्यासमा चिसो, तिमी हौ पिउने पानी
कति राखुँ तिमीलाई
तिमी नै गीत हौ मेरो, तिमी नै तार झन्केको
तिमी नै गीत हौ मेरो, तिमी नै तार झन्केको
अँधेरी रातको साथी तिमी हौ चाँद चम्केको
कति राखुँ तिमीलाई यो आँखामा लुकाएर
कति राखुँ म आफैले यो आफ्नो मन फकाएर
कति राखुँ तिमीलाई
शब्दः किरण खरेल
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान