कति प्यासी छ जिन्दगी विधुवाको सिउँदो जस्तो
कति निस्सार जिन्दगी पागलको सपना जस्तो
कति प्यासी छ जिन्दगी विधुवाको सिउँदो जस्तो
मानिस नअट्ने जगमा मानिस एक न हुन्छ
आँशुको आँखा छल्दै यहाँ हाँसो कल्पी रुन्छ
कति मैलो छ जिन्दगी रोगीको सास जस्तो
कति प्यासी छ जिन्दगी विधुवाको सिउँदो जस्तो
कलिला ओठहरूमा मृत्युले म्वाइँ खान्छ
जिउने रहरलाई मान्छे ठूलो सराप ठान्छ
कति सस्तो छ जिन्दगी माग्नेको आश जस्तो
कति प्यासी छ जिन्दगी विधुवाको सिउँदो जस्तो
शब्दः किरण खरेल
सङ्गीतः नातिकाजी
स्वरः योगेश वैद्य