के थिएँ के के भएँ………..

के थिएँ के के भएँ
मैले कसरी बाटो भुलेँ
के थिएँ के के भएँ
मैले कसरी बाटो भुलेँ
मन्दिर जान निस्केकी म
तिम्रै छेऊ आइपुगेँ
के थिएँ के के भएँ

साच्चै मेरो बेहाशीको हदै यहाँ नाघेको हो
साच्चै मेरो बेहाशीको हदै यहाँ नाघेको हो
तिम्रो माया मोहनीको
तिम्रो माया मोहनीको कस्तो नशा लागेको हो
सम्झना छ यति मात्र आफैलाई बिर्सिसकेँ
मन्दिर जान निस्केकी म
तिम्रै छेऊ आइपुगेँ
के थिएँ के के भएँ
मैले कसरी बाटो भुलेँ

तिम्रो बाहेक अरू कसैको कुरा गर्ने मन छैन
तिम्रो बाहेक अरू कसैको कुरा गर्ने मन छैन
कथा अधुरै छन् हजारौँ
कथा अधुरै छन् हजारौँ पूरा गर्ने मन छैन
बौलाएकी छु यति म आफैदेखि तर्सिसकेँ
मन्दिर जान निस्केकी म
तिम्रै छेऊ आइपुगेँ
के थिएँ के के भएँ
मैले कसरी बाटो भुलेँ
मन्दिर जान निस्केकी म
तिम्रै छेऊ आइपुगेँ
के थिएँ के के भएँ

शब्दः राममान तृषित
संगीतः नातीकाजी
स्वरः नूपुर भट्टाचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!