जोवनको सपनी लै लै
आँखैमा अल्झियो धेरै
कसैसित गुनासो छैन
मेरै भुलको गन्ती नै छैन
जोवनको सपनी लै लै
आँखैमा अल्झियो धेरै
कसैसित गुनासो छैन
मेरै भुलको गन्ती नै छैन
जानी जानी दोबाटोमा पाइलो मैले राखिदिए
मलाई पत्याउने साथीलाई मनैबाट बिर्साई दिए
के बन्न खोज्ने जीवन मैले के रूप बनाएँ
मलाई देउतै भन्ने मायालुलाई पनि तर्साएँ
बिराउँछ है मायाले भन्थ्यो मैले जोवन बाँधिदे
ढल्केर गो जोवन लै लै
आँखैमा अल्झियो धेरै
कसैसित गुनासो छैन
मेरै भुलको गन्ती नै छैन
थोरै बुझ्दा धेरै जान्ने बैँश धेरै दिन टिकेन
सम्झाउनेले राम्रो भन्थ्यो मनको कुरा खाइदिएन
आँखाले आफूभन्दा ठूलो कोही देखेन
बरालिने जोवनले डोऱ्याइ दिने खोजेन
अहिले सोच्दा लाग्दछ मलाई भाग्यले पनि सम्झेन
जोवनको सपनी लै लै
आँखैमा अल्झियो धेरै
कसैसित गुनासो छैन
मेरै भुलको गन्ती नै छैन
शब्दः
सङ्गीतः
स्वरः अरूणा लामा