जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
छल्किन्छ ममता मेरो भाव गंगा जता तता
जहाँ छन् बुद्धका आँखा
माया नेपालको लाग्छ नेपाली इतिहासको
माया नेपालको लाग्छ नेपाली इतिहासको
माया प्रकृतिको लाग्छ कला भाषा र भेषको
पुर्खाको मन्त्र यो जप्छु चौतारीमा बसि
जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी
जहाँ छन् बुद्धका आँखा
छ ठूलो चाहना मेरो आमालाई हँसाउने
छ ठूलो चाहना मेरो आमालाई हँसाउने
सर्वोच्च शिखरबाट विश्व शान्ति चिनाउने
यही प्यारो मृत्तिकामाथि पौरखी बनिकन
पार्छु यो चाहना पूरा गरी देह समर्पण
जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
छल्किन्छ ममता मेरो भाव गंगा जता तता
जहाँ छन् बुद्धका आँखा
शब्दः बम बहादुर जिताली
संगीत/स्वरः भक्तराज आचार्य