हुँ यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा
हुँ यात्री
जिन्दगी बित्यो साहरा सधैँ आँशु पो लिएर
जिन्दगी बित्यो साहरा सधैँ आँशु पो लिएर
उजाड रह्यो जीवन त्यसै सधैँ दुःखमा जिएर
म सामु कहिले किन हो किन मधुमास आएन
हुँ यात्री
इच्छाको सागर पौडेर रहे सपनाको संसार
इच्छाको सागर पौडेर रहे सपनाको संसार
आज या भोलि छ पुग्नु पर्ने बाटो छ हजार
हरेक पल नियाली हेर्थेँ तर वसन्त आएन
हुँ यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा
अँधेरी रातमा
अँधेरी रातमा
शब्दः भैरवनाथ रिमाल “कदम”
संगीतः शुभबहादुर
स्वरः दीप श्रेष्ठ