गुराँसको लाली हेरी लाग्छ दिलमा काउकुती
बिहानी हेरेर जवानी सम्झेर
झुम चलाउन पिउँ नपिई यो जिन्दगी
कति बसुँ एक्लै पारि म
मन लिने भए आऊ वारिमा
तन्नेरी यो मेरो आँखाले चाहेको छ प्रीत तिम्रो नै
मीठो मीठो तिम्रो भाकाले गाएको छ गीत मेरो नै
निठुरी नबनन, तिम्रै हो यो जोवन
ढुक्ढुकीले भन्छ सुन
कति बसुँ एक्लै पारि म
मन लिने भए आऊ वारिमा
गुराँसको लाली हेरी लाग्छ दिलमा काउकुती
बिहानी हेरेर जवानी सम्झेर
झुम चलाउन पिउँ नपिई यो जिन्दगी
कति बसुँ एक्लै पारि म
मन लिने भए आऊ वारिमा
हेरूँ हेरूँ लाग्छ रूप त्यो बहारको श्रृङ्गारझैँ
सुनुँ सुनुँ लाग्छ बोली त्यो सिताराको झङ्कारझैँ
नाच्यो छाल छमछम हँसिलो छ मौसम
पर्दैन भो सर्माउन
कति बसुँ एक्लै पारि म
मन लिने भए आऊ वारिमा
गुराँसको लाली हेरी लाग्छ दिलमा काउकुती
बिहानी हेरेर जवानी सम्झेर
झुम चलाउन पिउँ नपिई यो जिन्दगी
कति बसुँ एक्लै पारि म
मन लिने भए आऊ वारिमा
शब्दः रत्न शम्शेर थापा
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान