हिमश्रृंखलामा लालीले छोयो
सूर्य उदायो पूर्वमा
चिसो सतहमा गर्मीले छोयो
हुस्सु उठाई दहमा
एक्लो जीवनमा मायाले छोयो
प्रीति ब्युँझाई मनमा
एक्लो जीवनमा मायाले छोयो
प्रीति ब्युँझाई मनमा
ग्रीष्मको हावा चलेको शीतल
मन लाग्छ छोइरहुँ
सल्लाको घारी झुलेको सुस्तरी
मन लाग्छ हेरिरहुँ
मायाको साथ
मायाको साथ भुलेर यसरी
मन लाग्छ बसिरहुँ
एक्लो जीवनमा मायाले छोयो
प्रीति ब्युँझाई मनमा
पहाडका तरेली पिच्छे अडि अडि भावना ब्युँझाऊँ
प्रकृतिका सुन्दर छटा चुमि चुमि आँखामा अटाऊँ
मायालुका झझल्काहरू
मायालुका झझल्काहरू छानी छानी सम्झना सजाऊँ
एक्लो जीवनमा मायाले छोयो
प्रीति ब्युँझाई मनमा
त्यो नीलो नभबीच सरेको नेभ फूल होला बटुल्दै
हरियो खेतबीच बगेको खोला तलतल टल्कदै
जीवन मृत्युबीच
जीवन मृत्युबीच साचेको माया पलपल सम्हाल्दै
एक्लो जीवनमा मायाले छोयो
प्रीति ब्युँझाई मनमा
शब्दः चाँदनी शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी