एक्लै एक्लै उदास उदास छु म
एक्लै एक्लै उदास उदास छु म
घाम डुबी
घाम डुबी तारा नउदाएको आकाश हुँ म
हिजो जहाँ आई बसेथिन् तिनी
त्यहीँ उज्डिसकेको बास हुँ म
एक्लै एक्लै उदास उदास छु म
कोही नदी किनार हुँ म
सधैँ पर्खिरहने प्यार हुँ म
कोही नदी किनार हुँ म
कोही नदी किनार हुँ म
सधैँ पर्खिरहने प्यार हुँ म
कतैदेखि टाढा भए पनि
कतैदेखि बिल्कुल पास छु म
एक्लै एक्लै उदास उदास छु म
घाम डुबी
घाम डुबी तारा नउदाएको आकाश हुँ म
हिजो जहाँ आई बसेथिन् तिनी
त्यहीँ उज्डिसकेको बास हुँ म
एक्लै एक्लै उदास उदास छु म
शब्दः भीमदर्शन रोका
संगीत/स्वरः लोचन भट्टराई