एकछिन हेरि मलाई………

एकछिन हेरी मलाई, यी नजर लोलाउन देऊ
यो कुमारी रातलाई, रातभर टोलाउन देऊ
रातभर टोलाउन देऊ
एकछिन हेरी मलाई

जे कुरा छ तिम्रो मनमा त्यै कुरा मेरो पनि
साँचेको वर्षौ बित्यो कानैमा भन्छु भनि
जे कुरा छ तिम्रो मनमा त्यै कुरा मेरो पनि
साँचेको वर्षौ बित्यो कानैमा भन्छु भनि
कानैमा भन्छु भनि
एकछिन हेरी मलाई

यस्तरी झुक्दै बसे त लाज नै सर्माउँछ
सुस्तरी हाँसी दिए जिन्दगी मुस्कुराउँछ
यस्तरी झुक्दै बसे त लाज नै सर्माउँछ
सुस्तरी हाँसी दिए जिन्दगी मुस्कुराउँछ
जिन्दगी मुस्कुराउँछ
एकछिन हेरी मलाई

ढुकढुकी तिम्रो मुटुको सुन्न देऊ यी आशलाई
पिरती तिम्रो मीठो पिउन देऊ यी प्यासलाई
ढुकढुकी तिम्रो मुटुको सुन्न देऊ यी आशलाई
पिरती तिम्रो मीठो पिउन देऊ यी प्यासलाई
पिउन देऊ यी प्यासलाई
एकछिन हेरी मलाई यी नजर लोलाउन देऊ
यो कुमारी रातलाई रातभर टोलाउन देऊ
रातभर टोलाउन देऊ
एकछिन हेरी मलाई

रचनाः किरण खरेल
सङ्गीतः सिके रसाईली
स्वरः दुर्गा लाल खड्गी ‘किशोर’

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!