देशले रगत मागे मलाई बली चढाऊ
रुँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी
रुँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी
देशले रगत मागे
बुढेसकालका लाठी देश यज्ञभित्र होमी
मेरी बुढीआमा गोठमै हाँसीखुशी देखिन्छिन्
बुढेसकालका लाठी देश यज्ञभित्र होमी
मेरी बुढीआमा गोठमै हाँसीखुशी देखिन्छिन्
ती काँगडाका सन्तान अझै मरेका छैनन्
तर च्याबारी र बाँसघारी कुरिरहेका हुन्छन्
पाउँदिन केही पनि रगत स्तनको साटो
आउँदैन माग्न उसलाई ऊ नेपालीकी छोरी
आउँदैन माग्न उसलाई ऊ नेपालीकी छोरी
देशले रगत मागे
यमराजको शीर छिनाउने सारा पृथ्वीका सन्तान
बघिनीको दूध हैन तर नेपालीको स्तन
यमराजको शीर छिनाउने सारा पृथ्वीका सन्तान
बघिनीको दूध हैन तर नेपालीको स्तन
सक्दिनँ म त बाँच्न निर्धा भएर एकछिन
बरू शहीद भएर वीरकै मृत्यु म मर्छु
हामी वीर बनेर मर्छौँ गोली त ऊ सहन्छे
माग्दिनन् सुनका अक्षर ऊ नेपालीकी छोरी
माग्दिनन् सुनका अक्षर ऊ नेपालीकी छोरी
देशले रगत मागे मलाई बली चढाऊ
रुँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी
रुँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी
देशले रगत मागे
शब्द/संगीत/स्वरः गोपाल योञ्जन