दाइलाई बोलाऊ भने लेँक स्वर पुग्दैन
दाइलाई बोलाऊ भने लेँक स्वर पुग्दैन
बोलाइरन हुँदैन बोलाइरन हुँदैन
दाइलाई बोलाऊ भने लेँक स्वर पुग्दैन
माथि काली लेँक तल पर्यो निरह
पापी पिरतीले दियो कस्तो मलाई विरह
कुनै पनि हर्षले अब मलाई छुँदैन
कुनै पनि हर्षले अब मलाई छुँदैन
बोलाइरन हुँदैन बोलाइरन हुँदैन
दाइलाई बोलाऊ भने लेँक स्वर पुग्दैन
डडेँलोले खाइसक्यो गाईले खाने वन यो
सम्झनाले खाइसक्यो कलिलो जोवन यो
पग्लिएर गइसक्यो नौनी जस्तो मन यो
टोलाइरन हुँदैन
बोलाइरन हुँदैन बोलाइरन हुँदैन
शब्दः चेतन कार्की
सङ्गीतः नातीकाजी
स्वरः तारा देवी, भुवन चन्द