दाइलाई बोलाऊ भने लेँक स्वर पुग्दैन
दाइलाई बोलाऊ भने लेँक स्वर पुग्दैन
बोलाईरन हुँदैन बोलाईरन हुँदैन
बोलाईरन हुँदैन बोलाईरन हुँदैन
दाइलाई बोलाऊ भने लेँक स्वर पुग्दैन
माथि काली लेँक तल पर्यो निरह
पापी पिरतीले दियो कस्तो मलाई विरह
कुनै पनि हर्षले अब मलाई छुँदैन
कुनै पनि हर्षले अब मलाई छुँदैन
बोलाईरन हुँदैन बोलाईरन हुँदैन
दाइलाई बोलाऊ भने लेँक स्वर पुग्दैन
डडेँलोले खाई सक्यो गाईले खाने वन यो
सम्झनाले खाई सक्यो कलिलो जोवन यो
पग्लिएर गईसक्यो नौनी जस्तो मन यो
टोलाईरन हुँदैन
बोलाईरन हुँदैन बोलाईरन हुँदैन
शब्दः चेतन कार्की
संगीतः नातीकाजी
स्वरः तारा देवी, भुवन चन्द