चिसो चिसो ठिऱ्याउने रात सधैँ गाढा छ
न्यानो न्यानो सुकसुकाउँदो माया भने टाढा छ
टाढा छ
चिसो चिसो ठिऱ्याउने
के गर्नु र मन पनि हलचल हलचल छ
सानो टुक्रो आश पनि ढलपल ढलपल छ
के गर्नु र मन पनि हलचल हलचल छ
सानो टुक्रो आश पनि ढलपल ढलपल छ
टोलाएर हिँड्दै आउने खुशी पनि आधा छ
न्यानो न्यानो सुकसुकाउँदो माया भने टाढा छ
टाढा छ
चिसो चिसो ठिऱ्याउने
के भन्नु र मुटु पनि भारी भारी छ
अलिकति खुशी पनि पारि पारि छ
के भन्नु र मुटु पनि भारी भारी छ
अलिकति खुशी पनि पारि पारि छ
एकान्तमा बग्दै झर्ने आँशु पनि ज्यादा छ
न्यानो न्यानो सुकसुकाउँदो माया भने टाढा छ
टाढा छ
चिसो चिसो ठिऱ्याउने
शब्द/संगीतः उदय सोताङ
स्वरः रीमा गुरूङ होडा