चरीले बोल्यो के बोल्यो बुझ्ने को र
के बोल्यो बुझ्ने को र
भुरुभुरु उडी गइहाल्छ कतैतिर
गइहाल्छ कतैतिर
पहराको ढुङ्गामा बस्छ किन
छहराको गीतमा झुल्छ किन
कुन कुन देशमा घुमिफिरि
फेरि यहाँ आएर रुन्छ किन
यो कस्तो कथा हो
यो कस्तो व्यथा हो
यो कस्तो अनौठो जीवन
यो कस्तो कथा हो
यो कस्तो व्यथा हो
यो कस्तो अनौठो जीवन
यो कस्तो अनौठो जीवन
उडि जाने पखेरु जान्छ कहाँ
यहाँ पर काँ छ र पुग्ने कहाँ
यति ठूलो आकाश वरिपरि
कुन नव संसार खोज्छ यहाँ
यो मिलन पो हो कि
बिछोड पो हो कि
या केही नहुनुको नशा
यो मिलन पो हो कि
बिछोड पो हो कि
या केही नहुनुको नशा
चरीले बोल्यो के बोल्यो बुझ्ने को र
के बोल्यो बुझ्ने को र
शब्द/संगीत/स्वरः बच्चु कैलाश