बोलुँ म केही भन्छु
फुट्दैन वाक्य मेरो
लेखुँ म केही भन्छु
चल्दैन हात मेरो
चल्दैन हात मेरो
बोलुँ म केही भन्छु
हेरूँ म केही भन्छु
देखिन्न काहीँ कही
हेरूँ म केही भन्छु
देखिन्न काहीँ कही
औसीको रात जस्तै
देख्छु म शून्य यही
देख्छु म शून्य यही
भाषा छ मौन मेरो
बुझ्ने भएन कोही
मनमा छ भाव मेरो
जान्ने भएन कोही
जान्ने भएन कोही
बोलुँ म केही भन्छु
दिलबाट भाव उम्ली
छल्केर आँशु रूपमा
दिलबाट भाव उम्ली
छल्केर आँशु रूपमा
थोपा बनेर अक्षर
पोखिन्छ गई भुइँमा
पोखिन्छ गई भुइँमा
बोलुँ म केही भन्छु
फुट्दैन वाक्य मेरो
लेखुँ म केही भन्छु
चल्दैन हात मेरो
चल्दैन हात मेरो
बोलुँ म केही भन्छु
शब्दः छिन्नलता
संगीतः ज्ञान बहादुर
स्वरः सुनन्दा माथेमा