बोली हजुर ज्यानलाई कवितामा दिएँ है
दिएँ है, दिएँ है, दिएँ है
भाका हजुर ज्यानलाई सङ्गीतमा दिएँ है
दिएँ है, दिएँ है, दिएँ है
बोली हजुर ज्यानलाई कवितामा दिएँ है
दिएँ है, दिएँ है, दिएँ है
भाका हजुर ज्यानलाई सङ्गीतमा दिएँ है
दिएँ है, दिएँ है, दिएँ है
मनको दियो बालेर दिव्य चित्र कोरूँला
जीवनभरि प्राण चढाऊँला
मनको दियो बालेर दिव्य चित्र कोरूँला
जीवनभरि प्राण चढाऊँला
जीवनभरि प्राण चढाऊँला
मरे पनि हजुरभित्र सधैँभरि बाँचुला
बाँचुला, बाँचुला, बाँचुला
भाका हजुर ज्यानलाई सङ्गीतमा दिएँ है
दिएँ है, दिएँ है, दिएँ है
बोली हजुर ज्यानलाई कवितामा दिएँ है
दिएँ है, दिएँ है, दिएँ है
सम्झनालाई सँगाली परेलीले बाँधुँला
अजम्बरी फूल चढाऊँला
सम्झनालाई सँगाली परेलीले बाँधुँला
अजम्बरी फूल चढाऊँला
अजम्बरी फूल चढाऊँला
नजरभित्र हजुरको नानी भई रहुँला
रहुँला, रहुँला, रहुँला
बोली हजुर ज्यानलाई कवितामा दिएँ है
दिएँ है, दिएँ है, दिएँ है
भाका हजुर ज्यानलाई सङ्गीतमा दिएँ है
दिएँ है, दिएँ है, दिएँ है
शब्दः बानिरा गिरी
सङ्गीतः नातिकाजी
स्वरः जनार्दन सम र तारा देवी