बिहानीको सिरेटोमा तिमीलाई भेट्न आउँला
अब प्रिय बाँकी जीवन तिमीसँगै बिताउँला
बिहानीको सिरेटोमा तिमीलाई भेट्न आउँला
अब प्रिय बाँकी जीवन तिमीसँगै बिताउँला
बिहानीको सिरेटोमा….
सँगसँगै बस्दा अधरले अधरलाई लुट्न खोज्छ
सँगसँगै बस्दा अधरले अधरलाई लुट्न खोज्छ
कहिलेकाहीँ त्यसै भौतारिँदा दिल पनि टुट्न सक्छ
बिहानीको सिरेटोमा…
तिमीसँगै सधैँसधैँ नै एकान्तमा बसुँ भन्छु
तिमीसँगै सधैँसधैँ नै एकान्तमा बसुँ भन्छु
तिम्रो मेरो साइनोलाई मुटुभित्रै कसुँ भन्छु
बिहानीको सिरेटोमा तिमीलाई भेट्न आउँला
अब प्रिय बाँकी जीवन तिमीसँगै बिताउँला
बिहानीको सिरेटोमा…..
शब्दः नरेन्द्रराज प्रसाईँ
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल