बीच नदीको…………

बीच नदीको यो भुमरीमा
जीवन नाउ पर्न गयो
न त वारि भएँ न त पारि गएँ
अब के हुने अलमल भयो
बीच नदीको यो भुमरीमा
जीवन नाउ पर्न गयो
न त वारि भएँ न त पारि गएँ
अब के हुने अलमल भयो

कुन हार भयो अनुहार गयो
मन बज्र परिकन जीर्ण भयो
मुटुका चिरा अनगिन्ती भए
मुटुका चिरा अनगिन्ती भए
छरिएर सबै बिग्रीन भयो
न त वारि भएँ न त पारि गएँ
अब के हुने अलमल भयो

अब के छ र बाँकी सबै उनको
जे नहोस् भनेर पुकार थियो
तन मात्र यहाँ मन पुग्छ कहाँ
तन मात्र यहाँ मन पुग्छ कहाँ
अब खाली निराश शेष रह्यो
न त वारि भएँ न त पारि गएँ
अब के हुने अलमल भयो

कति बल्नु बल्यो अति जल्नु जल्यो
सब भष्म बनेर बगी गयो
जति आश थियो विश्वास थियो
जति आश थियो विश्वास थियो
सब धुँवा भएर उडी गयो
न त वारि भएँ न त पारि गएँ
अब के हुने अलमल भयो

मति मन्द भएँ कुन मत्त भएँ
फिजी जगल्टा छाती फुटाएँ
अन्तर दाह भई चिता चिताएँ
अन्तर दाह भई चिता चिताएँ
तैपनि किन यो प्राण रह्यो
न त वारि भएँ न त पारि गएँ
अब के हुने अलमल भयो
बीच नदीको यो भुमरीमा
जीवन नाउ पर्न गयो
न त वारि भएँ न त पारि गएँ
अब के हुने अलमल भयो
बीच नदीको यो भुमरीमा
जीवन नाउ पर्न गयो

शब्दः छिन्नलता
संगीतः शिव शंकर मानन्धर
स्वरः फत्तेमान राजभण्डारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!