भुल हो तेरो भागी हिँडनु जीवनदेखि डराएर
यहाँ जिउनेहरूले सबथोक पाउँछन्
मर्नेहरू सब फालिन्छन्
भुल हो तेरो
संसारसँगै तँ घुम्दै जा
अनि सारा संसार तेरै हो
संसारसँगै तँ घुम्दै जा
अनि सारा संसार तेरै हो
उड्दै उड्दै उड्दै छुन सकिस् भने
जून तारा सम्म तेरै हो
जून तारा सम्म तेरै हो
भुल हो तेरो अडान खोज्नु यात्रादेखि थाकेर
यहाँ बढ्नेहरू नै लक्ष्यमा पुग्छन्
अड्नेहरू सब छाडिन्छन्
भुल हो तेरो
हारहरूको जुत्ता लगाऊ जीतहरूको टोपी
हारहरूको जुत्ता लगाऊ जीतहरूको टोपी
आशाहरूको माला लगाऊ
निराशाहरूलाई छोपी
निराशाहरूलाई छोपी
भुल हो तेरो दया खोज्नु आँखाहरूलाई भिजाएर
यहाँ चढ्नेहरू नै टाकुरा पुग्छन्
झुक्नेहरू सब टुक्रिन्छन्
भुल हो तेरो
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः किरण प्रधान